नक्कली प्रमाणपत्र पेस गर्ने अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा
काठमाडौँ, १३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत रणदीप खड्काले बढुवा प्रयोजनमा लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार अनुसन्धान अधिकृत खड्काले पेस गरेको त्रिवि काठमाडौँबाट वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरेको भनी प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।
अभियुक्त खड्कालाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस
dainiknepal