केही असहमति भए वार्ताबाट समाधानः प्रधानमन्त्री ओली
१४ जेठ,काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले आन्दोलतर दलहरुलाई केही कतै केही राजनीतिक सममति भए वार्ता र संवादबाटै समाधान गर्न सकिने बताएका छन् । उनले संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा लाग्न आग्रह गरेका हुन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले संबिधान जारी भएका अब आर्थिक विकास सरकारे प्राथमिकता भएको बताउदै विकास कसरी अघि बढाउने भन्नेबारेमा सल्लाहबाट सही नीतिहरु तय गर्दै अघि बढ्ने बताएकाछन् । ‘बढ्नै पर्छ । कही कतै केही राजनीतिक वा अन्य भिन्न विचार वा असहमति भए वार्ता र संवाद कै माध्यमबाट समाधान गर्न सकिन्छ’, शुभकामना सन्देशमा भनिएकोछ ।
समृद्ध नेपाल निर्माण गर्ने नेपाली जनताको सपना पूरा गर्ने सिलसिलामा सञ्चालित आन्दोलनहरूमा अङ्गभङ्ग हुन पुगेका र घाइते हुनुभएका समस्त योद्धाहरूप्रति प्रधानमन्त्री ओलीले उच्च सम्मान व्यक्त गरेका छन् । २०६२÷०६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको महत्वपूर्ण अवसरलाई गौरवको साथ स्मरण गर्दै उनले राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भको रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन एउटा ऐतिहासिक उपलब्धीको भएको बताएकाछन् ।
एमालेमा मारामार, खनाल र नेपालले छेडे खड्ग ओली विरुद्ध ऐलान्
नेपाली जनताले विगतमा लामो समय गरेका संघर्ष र बलिदानको सम्मान र ती संघर्षबाट प्राप्त उपलब्धीहरु संस्थागत भएका छन् । गणतन्त्रात्मक लोकतन्त्र संस्थागत भएको छ । यस संविधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको छ । संविधानले राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्ग लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको छ । सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्धनको बाटो फराकिलो गरेको छ । सामाजिक न्यायको प्रत्याभूति गरेको छ । शुभकामना सन्देशमा भनिएकोछ ।
प्रधानमन्त्रीद्धारा जारी गरिएको सन्देशमा भनिएको छ, हामीले भूकम्पको महाविनास, तनाव, आन्दोलन, बन्द र आपूर्ति व्यबस्थामा पैदा भएका महासंकटहरुलाई पार गरेका छौं । धुलो टक्टक्याएर पुनर्निर्माण र नव निर्माणमा जुटेका छौं । अब समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकांक्षालाई साकार पार्न दृढता र तिब्रताका साथ अघि बढ्नु आवश्यक छ ।
nepaliheadlines